Main News

जमुनाहा नाकास्थित हेल्थ डेस्कमा कार्यरत दुई स्वास्थ्यकर्मीका कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ पुष २६ गते १४:२५
जमुनाहा नाकास्थित हेल्थ डेस्कमा कार्यरत दुई स्वास्थ्यकर्मीका कोरोना संक्रमण पुष्टि

२६ पुस २०७८ बाँके । नेपालगञ्जको जमुनाहा नाकास्थित हेल्थ डेक्समा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

एकजना ल्यावमा कार्यरत कर्मचारी र अर्का पारामेडिक्स कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । हेल्थ डेस्कमा खटिएका कर्मचारीमा भाइरस संक्रमण देखिएपछि कोरोना परीक्षण कार्यमा जनशक्तिको अभाव हुने अवस्था उत्पन्न भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

भारतमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिन थालेपछि रोजगारीको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । यसरी भारतबाट आएका नेपालीहरुलाई नेपालगञ्ज नाकामा एन्टिजेन जाँच गरेर मात्रै पठाउने गरिएको छ ।

त्यसका लागि नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा दैनिक ७–८ सय जनाको कोरोना जाँच हुँदै आएको छ । प्रहरीले कोरोना जाँच गरेर मात्रै नेपाल प्रवेश गर्न दिने भएकाले भारतबाट आएकाहरू घण्टौँ लाइन लागेर एन्टिजेन जाँच गर्ने गरेका छन् । हेल्थ डेक्समा १५ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *