Main News

प्रधानमन्त्री कन्ट्याक्ट ट्रेसिङ परेपछि मन्त्रिपरिषद बैठक बस्न सकेन, मन्त्रीहरु होम क्वारेन्टिनमा

हिमालय टिभी
२०७८ पुष २६ गते १३:०९
प्रधानमन्त्री कन्ट्याक्ट ट्रेसिङ परेपछि मन्त्रिपरिषद बैठक बस्न सकेन, मन्त्रीहरु होम क्वारेन्टिनमा

२६ पुस २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेपछि आजको नियमित मन्त्रिपरिषद् बैठक प्रभावित भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमित भएपछि प्रधानमन्त्री देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको हो ।

केही दिनअघि पाँच दलीय गठबन्धनको बैठकमा अध्यक्ष प्रचण्डसमेत सहभागी हुनुहुन्थ्यो । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ ।

प्रधानमन्त्री देउवा, मन्त्री कार्की निवासमै क्वारेन्टिनमा हुनुहुन्छ । त्यस्तै माओवादीका तर्फबाट मन्त्री बनेकाहरु पनि होम क्वारेन्टिनमा हुनुहुन्छ ।

प्रधानमन्त्री लगायत मन्त्रीहरुको कोरोना नेगेटिभ नआएसम्म मन्त्रिपरिषद् बैठक अनिश्चित भएको छ । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *