Main News

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालय निर्णय

हिमालय टिभी
२०७८ पुष २६ गते १३:०१
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालय निर्णय

२६ पुस २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई दिएको सिफारिस अनुसार विद्यालय बन्द गर्न लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले माघ १५ गतेसम्म देशभरका सबै आधारभूत र माध्यामिक विद्यालय बन्द गर्नका लागि मन्त्रालयले सूचना जारी गर्ने बताउनुभयो ।

उहाँले विदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरुले अनलाइन माध्यमबाट पठनपाठन जारी राख्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हालैका दिनहरुमा कोभिडको संक्रमण तिव्र रुपमा फैलिएका कारण सीसीएमसीले माघ १५ गतेसम्म देशभरका सबै आधारभूत र माध्यामिक विद्यालयहरुमा बिदा दिने भनेर निर्णय गरेर हामीलाई सिफारिस गरेको छ । हामी त्यो कार्यान्वयनका लागि सूचना जारी गर्छौ । बिदाको अवधिमा विद्यालयहरुले अनलाइनबाट अथवा अरु माध्यमबाट जुन सिकाइ सहजीकरण निर्देशिका २०७७ छ, त्यो अनुसार विद्यार्थीका सिकाइ क्रियाकलाप जारी राख्नुपर्दछ ।’

मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द भएको बेलामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई खोपको प्रबन्ध गरिने पनि बताउनुभयो । विश्वविद्यालयको परीक्षाहरु भने सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘विश्वविद्यालयहरुको परीक्षाहरु, वार्षिक परीक्षा, सेमेष्टर परीक्षा भौतिक दूरी कायम गरेर, मास्क, सेनिटाइजर प्रयोग गरेर जेड आकारको बसाईको सिट प्लान गरेर चलाउने भन्ने छ । यि विषयमा सार्वजनिक सूचना जारी गर्छौ ।’

विद्यालय बन्द भएको बेलामा खोपलाई अभियानको रुपमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *