Main News

आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने

हिमालय टिभी
२०७८ पुष २६ गते ९:०५
आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने

२६ पुस २०७८ काठमाडौं । आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाका अनुसार आज बिहान कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश २ र प्रदेश १ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको थियो ।

साथै सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केही स्थानमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै आज राति सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *