Main News

आज प्रधानमन्त्री देउवाको कोरोना परीक्षण गरिँदै

हिमालय टिभी
२०७८ पुष २५ गते ७:२४
आज प्रधानमन्त्री देउवाको कोरोना परीक्षण गरिँदै

२५ पुस २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको कोभिड-नाइन्टिन परीक्षण गरिँदैछ ।

हिजोदेखि आइसोलेशनमा बस्नुभएका देउवाको आज कोभिड–नाइन्टिन परीक्षण हुन लागेको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बस्नुभएको हो ।

दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी हुनुहुन्थ्यो ।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटालगायतमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *