राजनीति

माओवादी केन्द्रमा पनि नेतृत्वलाई देवत्वकरण गर्ने यस्तो शैली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २४ गते १८:३०
माओवादी केन्द्रमा पनि नेतृत्वलाई देवत्वकरण गर्ने यस्तो शैली (भिडियो रिपोर्टसहित)

२४ पुस २०७८ काठमाडौं । नेतृत्वलाई देवत्वकरण गर्ने शैली नेकपा माओवादी केन्द्रले पनि पछ्याएको छ । एमालेमा नेताको देवत्वकरण गरिएको आरोप लगाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टीभित्र सर्वेसर्वा बन्नुभएको छ ।

आठौं महाधिवेशनमा नयाँ केन्द्रीय समिति प्रचण्डकै खल्तीबाट मनोनित भए पनि पदाधिकारी चयन हुन सकेको छैन । यसको जिम्मा पनि प्रचण्डलाई नै दिइएको छ । तर, पदाधिकारीमा हानाथापका कारण प्रचण्डलाई टिम बनाउन हम्मेहम्मे परेको हो ।

माओवादी केन्द्रको आठौ महाधिवेशनले अध्यक्षमा प्रचण्ड र २ सय ३६ केन्द्रीय सदस्य निर्विरोध चयन गर्यो । केन्द्रीय समितिले पदाधिकारी चयन गर्नुपर्ने भएपनि केन्द्रीय सदस्यको बैंठक बस्न सकेको छैन । बैठक माघ ५ मा बस्ने भनिए पनि माओवादीका अध्यक्षसहित शीर्ष नेताहरुलाई कोरोना सक्रमण देखिएपछि पदाधिकारी चयन प्रक्रिया अन्योलमा परेको छ ।

माओवादी विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने व्यवस्था छ । तर, महाधिवेशनमा प्रचण्डले २ सय ९९ सय केन्द्रीय सदस्यमध्ये २ सय ३६ जनाको नाम प्रस्ताव गर्नुभएको थियो ।

महाधिवेशनबाटै पदाधिकारीका साथै स्थायी समिति, पोलिटब्यूरोसमेत चयन गर्नुपर्ने भएपनि नेतृत्वकै लफडाका कारण ८ दिन लगाएर केन्द्रीय सदस्य चयन गर्दै महाधिवेशन सकाइयो । अध्यक्ष पछि महासचिवको पद महत्वपूर्ण भएकाले सबैको ध्यान महासचिवमै छ । पदाधिकारी चयनको जिम्मा समेत केन्द्रीय समितिलाई भन्दा पनि अध्यक्ष प्रचण्डलाई दिएको छ ।

पदाधिकारीका आकांक्षी बढी भएपछि सर्वसम्मत गर्ने प्रयास असफल हुँदै गएको छ । पहिलो प्राथमिकता सर्वसम्मत भनिएता पनि सहमिति नभए निर्वाचनबाट पदाधिकारी चयन गर्नेतर्फ समेत तयारी भइरहको छ ।

माओवादीको केन्द्रीय सदस्यले पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो समेत चयन गर्नु पर्ने हो । तर यो जिम्मा सबै प्रचण्डकै भागमा आइपुगेको छ । यसले नेतृत्वको लागि प्रतिष्पर्धा भन्दा पनि टिके प्रथा हावी हुँदै जाने देखिन्छ ।

महाधिवेशनबाटै पार्टीको टिम बनाएर अगाडि बढ्नु पर्ने माओवादी नेतृत्वमै अल्झनुको कारण पदाधिकारी चयनकै दलदलमै भाँसिदै गएको छ । र अध्यक्षलाई नै जिम्मा दिएर माओवादीले पनि नेतृत्वको देवत्वकरण गर्न खोजेको कतै लुकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्