Main News

कोरोना जोखिम नियन्त्रणका लागि भारतसँगको सीमा नाकामा उच्च स्वास्थ्य सतर्कता

हिमालय टिभी
२०७८ पुष २४ गते १८:०६
कोरोना जोखिम नियन्त्रणका लागि भारतसँगको सीमा नाकामा उच्च स्वास्थ्य सतर्कता

२४ पुस २०७८ काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित जोखिम नियन्त्रणका लागि झापाको पूर्वी नाका काँकडभिट्टामा पनि कडाइ गर्न थालिएको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको र त्यसको असर नेपालमा पनि पर्ने भन्दै कडाइ गर्न थालिएको हो । काँकडभिट्टामा हेल्थ डेस्क स्थापना गरी खोप नलगाएकालाई खोप लगाउने र ७२ घण्टाको पीसीआर नभए एन्टिजेन परीक्षण गरी नेपाली नागरिकलाई प्रवेश दिने गरिएको छ ।

दशैं तिहारपछि परीक्षण केही खुकुलो भए पनि एक सातादेखि कडाइ गरिएको र विभिन्न मुलुकबाट भारतको बाटो भई नेपाल प्रवेशमा पूर्णरुपले कडाई गरिएको प्रहरीले जनाएको छ ।

भारतको बिहार प्रदेशमा ओमिक्रोन संक्रमण बढेसँगै नेपालसँग सीमा जोडिएको वीरगञ्ज नाकामा पनि थप सतर्कता अपनाइएको छ । संक्रमित शून्य अवस्थामा पुगिसकेको वीरगञ्जमा संक्रमित देखिन थालेपछि नाकामा परीक्षण बढाइएको हो ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले पर्सामा फेरि खतराको घण्टी बजेको बताउनुभयो ।

भारतबाट फर्कनेहरुलाई सीमा नाकामा रोकेर एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *