Main News

गौतमबुद्ध विमानस्थल दुई महिनाभित्र सञ्चालनमा आउने मन्त्री आलेको दाबी

हिमालय टिभी
२०७८ पुष २४ गते १८:००
गौतमबुद्ध विमानस्थल दुई महिनाभित्र सञ्चालनमा आउने मन्त्री आलेको दाबी

२४ पुस २०७८ बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनामा सञ्चालनमा आउने दाबी गर्नुभएको छ ।

बुटवलमा होटल व्यवसायी महासंघ, नेपालको ९ औं वार्षिक साधारणसभा उद्घाटनमा पर्यटनमन्त्री आलेले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान)का लागि तयारीमा रहेको बताउनुभयो । उहाँले लुम्बिनी गुरुयोजनाको काम ८१ प्रतिशत सम्पन्न भएको दाबी गर्नुभयो ।

कार्यक्रममा व्यवसायीहरुले पर्यटन तथा होटल क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार अग्रसर हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *