Main News

नेपालमा फैलिँदै कोरोनाको ओमिक्रोन भेरियन्ट, स्वास्थ्य सतर्कता अपनाउन विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २३ गते १८:३९
नेपालमा फैलिँदै कोरोनाको ओमिक्रोन भेरियन्ट, स्वास्थ्य सतर्कता अपनाउन विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

२३ पुस २०७८ काठमाडौं । नेपालमा तीन जनामा मात्रै देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन थप २४ जनामा पुष्टि भएको छ । ओमिक्रोन संक्रमण बढेसँगै सरकारले सावधानी अपनाउन निर्देशन दिए पनि आम नागरिकले बेवास्ता गर्दै आएका छन् ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ती निकाल्दै नेपालमा कोभिड–१९ को ओमिक्रोन भाइरस बढेको जनाउ दिएको छ । ३ जनामा मात्र देखिएको ओमिक्रोन संक्रमित अहिले २७ जनामा पुगेको छ ।

मन्त्रालयले अस्पतालहरुलाई समेत ओमिक्रोनका कारण कोरोना संक्रमणको दर उच्च हुने भएकाले अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सरकारले यसरी निर्देशन दिएसँगै कोरोनाको संक्रमण लगभग सकियो भनेर बसेका नागरिकमा पनि त्रास पैदा भएको छ । विश्वका विभिन्न देशमा फैलिइसकेको ओमिक्रोन कस्तो प्रकारको उत्परिवर्तित रुप हो त ?

विश्व स्वास्थ्य संगठनका अनुसार यो अन्य भेरियन्टभन्दा कम जोखिम रहेको र अस्पतालमा उपचारका लागि लानुपर्ने अवस्था पनि कमै मात्र छ । तर कोरोनाको नयाँ भेरियन्टलाई कमजोर नठान्न संगठनको आग्रह छ । ओमिक्रोनको त्रासका बिच खोप लगाउनु नै ओमिक्रोन फैलन नदिने उत्तम विकल्प हुने विज्ञको सुझाव छ ।

कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट अत्यधिक सङ्क्रामक छ र यसले पूर्ण मात्रा खोप लगाएका मानिसलाई पनि सर्न सक्छ ।ओमिक्रोनले विश्वभरिका स्वास्थ्य प्रणालीलाई चुनौती दिन सक्ने खतरालाई मध्येनजर गर्दै हामी आफै सावधान हुन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *