Main News

एकै दिन थपिए ९६८ जना कोरोना संक्रमित

हिमालय टिभी
२०७८ पुष २३ गते १७:१२
एकै दिन थपिए ९६८ जना कोरोना संक्रमित

२३ पुस २०७८ काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमण दर निरन्तर उकालो लागेको छ ।

हिजो ५ सय ४० जनामा संक्रमण पुष्टि हुँदा आज ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१४ हजार ९ सय ७१ जनामा गरिएको परिक्षणमा पिसिआर तर्फ ५ सय ७२ साथै एन्टिजेन विधीबाट ३ सय ९६ जनामा संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ सङ्क्रमित निको भएका छन् । यो अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

अहिले नेपालमा पाँच हजार सात सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म दुई करोड ५९ लाख पाँच हजार ६ सय ६३ मात्रा खोप प्रयोग भएकोमा एक करोड १० लाख दुई हजार नौ सय ७६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *