Main News

राष्ट्रियसभा बैठक पुस २७ गते बस्ने गरी स्थगित

हिमालय टिभी
२०७८ पुष २३ गते १४:५८
राष्ट्रियसभा बैठक पुस २७ गते बस्ने गरी स्थगित

२३ पुस २०७८ काठमाडौं । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *