Main News

कर्णाली प्रदेशसभा अधिवेशन आह्वान

हिमालय टिभी
२०७८ पुष २३ गते ९:५०
कर्णाली प्रदेशसभा अधिवेशन आह्वान

२३ पुस २०७८ सुर्खेत । कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेशसभा बैठक पुस २८ गते बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि गत मङ्सिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *