Main News

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवा पर्व मनाइँदै

हिमालय टिभी
२०७८ पुष २२ गते ९:३४
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवा पर्व मनाइँदै

२२ पुस २०७८ डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाँच दिनसम्म मनाइने साँस्कृतिक पर्वमध्येको एक भुवा पर्व मनाइँदैछ ।

महाभारतको कथा तथा पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई भस्सो पर्व पनि भनिन्छ । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।

आइतबारबाट शुरु भएको भुवा पर्वलाई बाजुरा, बझाङ्ग, अछामलगायत सुदूरपश्चिम र भारतको उत्तराखण्डमा दशैंपछिको ठूलो पर्वको रुपमा हेरिने गरेको छ । भुवा पर्वको शुरुको दिन रातभरी मुढामा आगो सल्काएर देउडा, खेल्ने, गीत गाउने र दिनमा युद्धकला प्रदर्शन गर्ने चलन रहेको छ ।

पुरुषहरूले मात्र खेल्ने भुवा पर्वमा तरवार तथा ढाल लिएर युद्ध गर्ने चलन छ । गत दुई वर्षयता कोरोनाका कारण रोकिएको भुवा पर्वले यस वर्ष भने निरन्तरता पाएको छ ।

भुवा पर्व मनाउने क्रममा आयोजना गरिने मेला महोत्सबका कारण भने यो पर्वले केही उत्साह थप्ने गरेको डोटीको सायल गाउँपालिका भुवा मेला व्यवस्थापन समितिका संयोजक यदु बिष्टले बताउनुभयो । संरक्षणको अभावमा छुट्टै मौलिकता रहेको भुवा पर्व विस्तारै लोप हुने अवस्थामा रहेको छ । तस्वीरःसामाजिक सञ्जाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *