Main News

आज देशका केही ठाउँमा पानी पर्नुका साथै हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ पुष २२ गते ८:५०
आज देशका केही ठाउँमा पानी पर्नुका साथै हिमपातको सम्भावना

२२ पुस २०७८ काठमाडौं । आज देशका केही ठाउँमा पानी पर्नुका साथै हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले आज विशेषगरी सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हिमपात पनि हुनेछ ।

यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी तथा तराईका थोरै भू–भागमा हल्का वर्षा हुनेछ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने उहाँले बताउनुभयो ।

हिजोदेखि मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली देशभर फैलिने क्रममा रहेकाले भोलि प्रदेश १ र प्रदेश २ मा पनि फैलिने देखिएको छ । भोलि प्रदेश १ र २ का एक–दुई ठाउँमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *