Main News

भरिभराउ फिल्म हल, व्यस्त चलचित्रकर्मी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २१ गते २०:३३
भरिभराउ फिल्म हल, व्यस्त चलचित्रकर्मी (भिडियो रिपोर्टसहित)

२१ पुस २०७८ काठमाडौं । कोरोनाको महामारी केही कम हुन थालेपछि चलचित्र क्षेत्रले पनि राहतको महसुस गर्न थालेको छ । पछिल्ला केहीदिनदेखि उपत्यकाका चलचित्र हलहरुमा दर्शकको भिड लागेपछि भरिभराउ देखिन थालेका छन् । दर्शकको भिडसँगै चलचित्र निर्माता तथा कलाकारको व्यस्तता पनि बढेको छ ।

कोरोना महामारी कम हुँदै गएपछि सरकारले गत भदौ १७ गतेबाट चलचित्र हल खोल्न अनुमति दिएको थियो । कोरोनाका कारण चलचित्र क्षेत्र संकटमा थियो । अहिले चलचित्र उद्योगलाई सहज भएको छ । दर्शक चलचित्र हलसम्म जान थालेपछि निर्माता तथा कलाकारहरुलाई पनि भ्याइनभ्याइ रहेको छ ।

कोरोना महामारीको दुईवर्ष चलचित्र हल सञ्चालकसहित कलाकार तथा निर्माताले नराम्रोसँग आर्थिक घाटा व्यहोर्नुपर्यो । कतिपयले हल बन्द नै गरेर वैकल्पिक पेशा रोजे । चलचित्र उद्योग मनोरञ्जनको क्षेत्र भएपनि भिडभाड हुने भएकाले बन्द अवस्थामा थियो ।

महामारीले देश नै अस्तब्यस्त भएका बेला धेरै चलचित्रहरु पेन्डिङमै रहे । नाम सार्वजनिक भएर पनि चल्ने स्थिती नै थिएन । अहिले भने निर्माताहरुलाई कुन चलचित्र प्रर्दशन गर्ने भनेर मिति तोक्नै अलमल छ ।

अहिले चलचित्रहलरुमा हिन्दी चलचित्र पुष्पा र नेपाली चलचित्र कठपुतली प्रदर्शन भैरहेका छन् । हलमा दुईवटा मात्रै चलचित्र चलेका कारण पनि दर्शकले आफ्नो चाहना अनुसारको चलचित्र हेर्न पाएका छैनन । यसले निर्माताहरुलाई कसरी राम्रो चलचित्र बनाउने भन्ने चुनौती थपिएको छ ।

जे होस कोरोनाले बिथोलिएको चलचित्र क्षेत्र फेरी जुर्मुराउन थालेको छ । मनोरञ्जनको रुपमा मात्रै हेरिने चलचित्र दर्शकको रोजाईको बन्न सके फक्कै पनि धरासायी बनेको यस क्षेत्रले फेरी फकड लिने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *