Main News

भारतीय समूहको निष्कर्षः रेल संचालनमा समस्या छैन, लिक चोरी दुःखद् ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २१ गते १८:३२
भारतीय समूहको निष्कर्षः रेल संचालनमा समस्या छैन, लिक चोरी दुःखद् ! (भिडियो रिपोर्टसहित)

२१ पुस २०७८ जनकपुरधाम । जनकपुर–जयनगर रेल संचालनका लागि कुनै पनि समस्या नरहेको भारतीय सुपरिवेक्षकको समूहले निषकर्ष निकालेको छ ।

रेलवे ट्र्याक निरीक्षणका लागि आएका भारतीय रेलवे बोर्डका कार्यकारी निर्देशक डाक्टर मनोज सिंहले रेल सेवा संचालनका लागि प्राविधिक रुपमा कुनै पनि समस्या नरहेको बताएका हुन् । तर, लिक चोरी भएको प्रति उहाँको असन्तुष्टि छ ।

यस योजनामा हालसम्म भारत सरकारले सात करोड भारतीय रुपैयाँ लगानी गरिसकेको छ । कर्मचारी भर्ना र तालिमहरू पूरा भएपछि रेल चल्ने विश्वास भारतीय पक्षको छ ।

त्यस्तै, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि आवश्यक धेरै काम पूरा भएको र रेल अध्यादेश पनि आइसकेकाले अब छिट्टै रेल चल्ने दाबी गर्नुभयो । महाप्रबन्धक झाले ट्र्याकको क्लिप चोरी भएको प्रति दुःख व्यक्त गर्नु भयो ।

उहाँले रेल सार्वजनिक सम्पत्ती भएका कारओ यसको संरक्षणमा लाग्नै सबैलाई अपिल गर्नुभयो । मंगलवार आफ्नै रेल चढेर जनकपुधाम आएको भारतीय रेल्वे अधिकारीसहितको टोलीले ट्रयाकको निरीक्षण गरेको हो ।

ट्रयाक परीक्षणका लागि भारतबाट ‘निरीक्षण रेल्वे’समेत आएको थियो । जयनगरबाट आएको रेल्वे धनुषाको कुर्था स्टेशनसम्म पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *