Main News
नेपालमा लगानी बढाउन एनआरएनलाई पूर्वराष्ट्रपति यादवको आग्रह (भिडियो रिपोर्टसहित)
२०७८ पुष २१ गते १८:२६
२१ पुस २०७८ काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नु भएको छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उहाँंले नेपालको भूवनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रका लागि अनुकूल रहेको भन्दै लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गर्नु भएको हो । पूर्वराष्ट्रपति यादवले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने धारणा राख्नु भयो ।
पूर्वराष्ट्रपति यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत असर नपर्ने बताउनुभयो ।
प्रतिक्रिया