Main News

संसद बैठक पुस २८ गतेसम्मका लागि स्थगित

हिमालय टिभी
२०७८ पुष २१ गते १४:३१
संसद बैठक पुस २८ गतेसम्मका लागि स्थगित

२१ पुस २०७८ काठमाडौं । प्रतिनिधिसभाको भोलिका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी भोलिका लागि निर्धारित बैठक स्थगित गरेको हो । पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।

संसद सचिवालयका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेको थियो ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि भोलिसम्मका लागि बैठक सारिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *