Main News

निर्मला–नन्कुन्नी घटनामा आन्दोलनरत पक्ष र सरकारबीच सहमति

हिमालय टिभी
२०७८ पुष २१ गते ९:०८
निर्मला–नन्कुन्नी घटनामा आन्दोलनरत पक्ष र सरकारबीच सहमति

२१ पुस २०७८ काठमाडौं । निर्मला–नन्कुन्नी घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलन गरिरहेको पक्ष र सरकारबीच सहमति भएको छ ।

नेपालगन्जका निर्मला कुर्मी र नन्कुन्नी धोबी बेपत्ता भएको घटनामा अनुसन्धानको माग गर्दै आन्दोलन गरिरहेका पक्ष र सरकारबीच हिजो साँझ ४ बुँदे सहमति भएको हो । सहमति भएसँगै ४० दिनदेखि जारी धर्ना स्थगित गरिएको छ ।

सहमतिअनुसार घटनाको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गर्नेछ ।

आन्दोलनरत पक्ष र सरकारबीच निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा औँल्याइएका विषयमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्ने गरी प्रहरी प्रधान कार्यालयमा पत्राचार गर्ने, साथै घटनाका जाहेरी पक्ष आन्दोलनरत व्यक्तिसमेतलाई अभियुक्तहरूका तर्फबाट धम्की, प्रलोभन आएकाले उनीहरुको सुरक्षामा विशेष ध्यान दिन गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिने सहमति भएको छ ।

सम्झौतापछि आन्दोलनमा सहभागी रुबी खानले सहमति कार्यान्वयन हुनेमा आशावादी रहेको बताउनुभयो । उहाँले सहमति कार्यान्वयन नभए, पुनः आन्दोलन गर्ने बताउनुभएको छ । नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरका निर्मला एक वर्षदेखि बेपत्ता हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *