Main News
ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकालविरुद्ध राजस्व छलीको पनि मुद्दा
२०७८ पुष २० गते १९:११

२० पुस २०७८ काठमाडौं । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी शोभाकान्त ढकालसहित उनका परिवार राजस्व चुहावटमा पनि तानिएका छन् ।
ढकालसहित उनकी पत्नी उमाकुमारी, परिवारका सदस्य सरोज ढकाल राजस्व छलीको मुद्दामा तानिएका हुन् । उनीहरु विरुद्ध राजस्व अनुसन्धान विभागले २ अर्ब ४० करोडको सजाय माग दाबी गरी अदालतमा मुद्दा दायर गरेको छ।
ढकाल परिवार सहित सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठ विरुद्ध पनि पाटन जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । ढकालसहितका प्रतिवादीहरुले अनुसन्धान इन्टरनेशनल प्रालिबाट राजस्व चुहावट गरेको विभागको भनाइ छ।
विभागले बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ तथा कैद सजाय मागदाबी गरेको छ ।
प्रतिक्रिया