Main News

नारायणहिटीमा रेष्टुरेन्ट बनाउने काम तत्काल रोक्न निर्देशन

हिमालय टिभी
२०७८ पुष २० गते १९:००
नारायणहिटीमा रेष्टुरेन्ट बनाउने काम तत्काल रोक्न निर्देशन

२० पुस २०७८ काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोक्ने निर्देशन दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तर्गतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न सूचित पत्राचार गरिएको हो ।

समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयले काम रोक्न निर्देशन दिएपछि कम्पनीलाई पत्र काटेर काम रोक्न भनिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *