Main News

आज केही प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने

हिमालय टिभी
२०७८ पुष २० गते ९:१०
आज केही प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने

२० पुस २०७८ काठमाडौं । आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरैजसो भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज राति सुदुरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *