Main News

कार्यस्थलमा हुने यौनजन्य दूर्व्यवहारका घटना यसरी बढ्दै भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २० गते ८:१४
कार्यस्थलमा हुने यौनजन्य दूर्व्यवहारका घटना यसरी बढ्दै भिडियो रिपोर्टसहित)

२० पुस २०७८ काठमाडौं । पछिल्लो समय कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारका घटना बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ । कामकाजी महिलाहरुको संख्या बढेसँगै कार्यस्थलमा हुने महिला हिंसा र लैंगिक हिंसाका घटना बढेको हो ।

कानून कार्यान्वयनमा राज्य कमजोर भएकाले लैंगिक हिंसाका घटना घट्नुको सट्टा झनै बढ्दै गएको हो । कार्यस्थलमा हुने लैंगिक हिंसाका घटना बढ्दै गए पनि पीडितहरु खुलेर बाहिर आउन सकेका छैनन् ।

यद्यपि नाम गोप्य नै राखेर भए पनि यौनजन्य दुर्व्यवहारसम्बन्धी उजुरी भने बढ्दै गएको छ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला तथा लैङ्गिक हिंसाका घटना न्यूनीकरणका लागि कुनै पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकार र महिला आयोगलाई निर्देशन दिएको छ ।

तल्लो तहका कर्मचारीमाथि मात्र नभई माथिल्लो तहमा कार्यरत महिला पनि दुर्व्यवहारको शिकार बन्ने गरेको राष्ट्रिय महिला आयोगको तथ्याङ्कले देखाएको छ । आयोगले हिंसा सम्बोधनका क्रममा बढी जोखिम भएका ठाउँमा तत्काल समस्या समाधानका लागि पहल गरिरहेको दाबी गरेको छ । महिलाहरु कार्यकारी पदमा नहुँदा स्थानीय पालिकाहरुमा महिला हिंसाको उजुरी दिन भने असहज भइरहेको पाइएको आयोगले जनाएको छ ।

सरकारले पनि महिला हिंसासम्बन्धी घटना न्यूनीकरणका लागि पहल जारी राखेको दाबी गरेको छ । यद्यपि एनजीओ आइएनजीको उक्साहटमा घटना तोडमरोड गर्ने गरिएकाले समस्या समाधानमा कठिनाइ हुने गरेको गृहमन्त्रालयको भनाई छ ।

लैंगिक हिंसा न्यूनीकरणका लागि कानून निर्माण, प्रहरीको व्यवहार तथा अनुसन्धान प्रक्रियामा सुधार हुनुका साथै सामाजिक सचेतना बढाउन आवश्यक छ । महिला हिंसा सम्बन्धमा परेका उजुरीलाई द्रुतमार्गबाट किनारा लगाउनुका साथै पीडितको सुरक्षाको सुनिश्चितता पनि गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *