Main News

अब एसईई खारेज होला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २० गते ८:०६
अब एसईई खारेज होला ? (भिडियो रिपोर्टसहित)

२० पुस २०७८ काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईई परीक्षा खारेज गर्ने सरकारले निर्णय गरे पनि कार्यान्वनमा गएको छैन । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले समितिले पनि दुईदुई पटक परीक्षा खारेज गर्न निर्देशन दिएको छ ।

संविधान र कानुनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेको छ । यसै अनुसार एसईई परीक्षा खारेज गर्ने र कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको परीक्षा संचालन गर्ने तयारी गरिएको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पुस ८ गते एसईई परीक्षा खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । समितिले यसअघि २०७७ साल जेठ २९ गते एसइई परीक्षा खारेज गर्न दिएको निर्देशन कार्यान्वयन गर्न पुनः निर्देशन दिए पछि सरकारले यसलाई कार्यान्वयनमा लैजाने तयारी थालेको छ ।

माध्यामिक अध्ययन भन्नाले कक्षा १२ सम्मको पढाईलाई बुझिन्छ । कक्षा १० र कक्षा १२ सम्मको पाठ्यक्रम उस्तै हुने भएकाले एसईई परीक्षा हटाउनु सकारात्मक हुने शिक्षाविद्हरुको प्रतिक्रिया छ ।

सरकारले कक्षा १२ सम्मको पढाई निशुल्क समेत भनेको छ । कक्षा ८ सम्म कुनै पनि विद्यार्थीहरुलाई अनुतीर्ण गराउन नपाउने नियमसमेत लागू गरिएको छ । एसईई उतीर्ण हुनका लागि परीक्षामा ३५ अंक ल्याउनुपर्ने हुन्छ ।

परीक्षालाई हाउगुजीका रुपमा नलिन पनि शिक्षाविदले अभिभावक र विद्यार्थीलाई सुझाव दिएका छन् । देश संघीय संरचनामा गएसँगै फेरिँदै गएको शैक्षिक प्रणालीले विद्यार्थीको गुणस्तरीय शिक्षामा जोड दिनुपर्नेमा शिक्षाविद्को जोड छ ।

सरकारले माध्यामिक शिक्षा परीक्षालाई ग्रेडिङ प्रणालीमा लगेको धेरै समय भएको छैन । कतिपय विकसित देशहरुमा जस्तै स्कूले परीक्षाको नतिजामा पास वा फेल उल्लेख नगरी ग्रेड दिने प्रणालीलाई सफल मानिएको छ । नेपालले पनि त्यसलाई अवलम्बन गर्दै जानु उपयुक्त देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *