Main News

हिउँमा फसेका १४ जनाको यसरी गरियो उद्धार (फोटो फिचरसहित)

हिमालय टिभी
२०७८ पुष २० गते ७:५७
हिउँमा फसेका १४ जनाको यसरी गरियो उद्धार (फोटो फिचरसहित)

२० पुस २०७८ नेपालगन्ज । रुकुम पूर्वमा एक सातादेखि हिउँमा फसेका १४ जना मजदुरलाई नेपाली सेनाको पश्चिम एयर वेश सुर्खेतबाट गएको हेलिकोप्टरले सकुशल उद्धार गरेको छ ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको घुसदुङमा हिउँमा फसेका सबै जनाको सकुशल हवाई उद्धार गरिएको हो ।

नेपाली सेनाको पश्चिम एयरवेश सुर्खेतबाट प्रमुख सेनानी रचन श्रेष्ठको नेतृत्वमा गएको नेपाली सेनाको टोलीले हिउँमा फसेका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुनको उद्धार गरेको हो । हिउँमा फसेका मजदुरहरुलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरेर पेल्मा गाउँमा पु-याइएको छ ।

पेल्माबाट गोरेटो बाटो निर्माणका लागि गएका उनीहरु बाक्लो हिउँ जमेका कारण बाहिर आउन नसकी ओढारमा बसिरहेका थिए । उनीहरु हिउँमा फसेको खबर आइतबार मात्र बाहिर आएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *