सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै
१९ पुस २०७८ काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ९ बजेपछि बस्ने बैठकमा राष्ट्रियसभामा रिक्त हुन लागेका सिट बाँडफाड हुने जनाइएको छ ।
राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४४ स्थान रिक्त हुँदैछ । कांग्रेसले आफ्नो ३ सहित थप ४ गरी ७ सीटमा भाग खोजेको छ ।
माओवादी र एकीकृत समाजवादीलाई उनीहरुको रिक्त रहेको ४–४ सीट दिएर थप एक–एक सीट दिने कांग्रेसको तयारी रहेको छ । एक सीट जनता समाजवादीलाई दिनुपर्ने कांग्रेसले प्रस्ताव गर्ने भएको छ ।
एमालेलाई आफ्नो ८ सीट जोगाउनुपर्ने चुनौती छ । पाँचै दल एक ठाउँमा मिल्दा प्रदेश १ बाहेकका स्थानमा एमालेका लागि संकट रहनेछ ।
राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।
यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।
प्रतिक्रिया