Main News

कोरोना खोप अभियानः लक्ष्य पूरा हुनेमा आशंका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १८ गते २०:०९
कोरोना खोप अभियानः लक्ष्य पूरा हुनेमा आशंका (भिडियो रिपोर्टसहित)

१८ पुस २०७८ काठमाडौं । सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका ७२ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । तर खोप अभियानको सुस्त गतिले सरकारको लक्ष्य पूरा हुनेमा आशंका बढेको छ ।

सरकारले पुस मसान्तसम्म दैनिक पाँच लाखभन्दा बढीलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य लिएको छ । खोप अभियान जारी रहे पनि सरकारले लक्ष्यअनुसारको तथ्यांक पूरा गर्न सकेको छैन । पछिल्ला केही दिनको तथ्याङ्क हेर्ने हो भने खोप अभियान सुस्त छ ।

पछिल्ला चार दिनमध्ये बिहीबार ५६ हजार १ सय १२, शुक्रबार १ लाख ३९ हजार १ सय ५२, शनिवार ५९ हजार १ सय १२ र आइतबार १ लाख ३३ हजार ८ सय १२ जनाले मात्रै खोप लगाएका छन् । सरकारले खोप अभियानलाई जारी राखे पनि किन लक्ष्य अनुसारको खोप लगाउन सकिएन त ?

सरकारले अहिलेसम्म लगभग २ करोडलाई खोप लगाइसकेको छ । आइतबारसम्मको तथ्याङ्क हेर्ने हो भने ७० दशमलव ९ प्रतिशतले कम्तिमा एक मात्रा र ५२ दशमलव ७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

हालसम्म सरकारले ३ करोड ९२ लाख ३ हजार ९ सय २७ मात्रा खोप कोभ्याक्स र खरिदमार्फत् ल्याएको छ । दुई करोडभन्दा बढी खोप पाइप लाइनमै छ । खोप पर्याप्त हुँदा पनि लक्ष्यअनुसार दैनिक रुपमा खोप दिन नसकेको सरकारले अब कस्तो रणनीति बनाउँदैछ त ?

सरकारले पुस महिनासम्म कुल जनसंख्याको ६६ प्रतिशतलाई र चैतसम्म सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । नागरिकहरुलाई खोपको विषयमा आवश्यक जानकारी र खोप केन्द्रमा सबैको सहज पहुँच नहुँदा चैत मसान्त सम्म सबैलाई खोप लगाउने लक्ष्य पूरा हुन कठिन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *