Main News
माओवादी निर्वाचन कार्यतालिका फेरि हेरफेर, आज मनोनयन दर्ता, भोलि मतदान
२०७८ पुष १८ गते १५:०२
१८ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य चयनका लागि निर्वाचन कार्यक्रम पुनः संशोधन गरिएको छ ।
सहमतिको प्रयास सफल नभएपछि केन्द्रीय सदस्य चयन निर्वाचनबाटै हुने भएको हो । संशोधित कार्यतालिका अनुसार आज दिउँसो ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ता र मतदानको समय भने भोलि बिहान ८ देखि १ः२५ सम्मको समय तोकिएको छ ।
यसअघि आज दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो ।
हिजो पहिलो पटक निर्वाचन कार्यक्रम सार्वजनिक गरेको माओवादीले यो तेस्रो पटक ल्याएको निर्वाचन कार्यक्रम हो ।
प्रतिक्रिया