Main News

उच्च हिमाली भूभागमा आज पनि हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ पुष १८ गते ९:२४
उच्च हिमाली भूभागमा आज पनि हिमपातको सम्भावना

१८ पुस २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा मौसम बदली रहने बताएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रहेको छ ।

साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ। आज राति देशभर आंशिक बदलीको रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *