Main News
अनलाइनलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी (भिडियो रिपोर्टसहित)
२०७८ पुष १७ गते १६:४०
१७ पुस २०७८ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाईन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ ।
अनलाइन पत्रकार संघ, नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा सञ्चारमन्त्री कार्कीले अनलाइन सञ्चार माध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीति कार्यान्वयनको चरणमा पुगेको बताउनु भएको हो ।
उहाँले अनलाइन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई पनि आग्रह गर्नु भयो ।
मन्त्री कार्कीले देशमा दीगो शान्ति, विकास, सुशासन र समृद्धि भए मात्रै सञ्चार क्षेत्रको भविष्य सुरक्षित हुने बताउनुभयो ।
प्रतिक्रिया