सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउने बेथिति अन्त्यमा जोड (भिडियो रिपोर्टसहित)
१६ पुस २०७८ काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा सांसदहरुले सरकार परिवर्तन हुने बित्तिकै राजदूतहरु फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए।
एमाले सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । उहाँले समय अगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगतमा राज्य कमजोर हुने बताउनुभयो ।
त्यसैगरी उहाँले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देशको सुरक्षा गर्ने र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताउनुभयो ।
बैठकमा सांसद पुष्पा भुसालले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले परराष्ट्र नीतिमा एकरुपता हुनुपर्नेमा जोड दिएका थिए । सरकार फेरिएसँगै नीतिनै बदल्ने परिपाटीको विकास भएकोमा सांसदहरुले असन्तुष्टि राखे ।
प्रतिक्रिया