Main News

इमान बेचेर मन्त्रीको कुर्सीमा बस्दिनँ : मन्त्री प्रेमबहादुर आले (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १६ गते १७:५३
इमान बेचेर मन्त्रीको कुर्सीमा बस्दिनँ : मन्त्री प्रेमबहादुर आले (भिडियो रिपोर्टसहित)

१६ पुस २२०७८ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनु भएको छ ।

नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा मन्त्री आलेले छानबिनको दायरामा रहेका बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईयो धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले सिईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिनुभयो ।

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताउनु भयो । उहाँले पहिला काले काले मिलेर भाले खाए पनि अब प्रेम आले आएकोले भ्रष्टाचार हुन नदिने बतउनु भयो ।

मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो । उहाँले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *