Main News

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, २३५ संक्रमित थपिँदा २१२ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ पुष १६ गते १६:३१
कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, २३५ संक्रमित थपिँदा २१२ संक्रमणमुक्त

१६ पुस २०७८ काठमाडौं । नेपालमा पछिल्लो समय २ सय ३५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ।

७ हजार ८ सय ८५ जनामा गरिएको परीक्षणमा २ सय २४ पीसीआर विधिबाट संक्रमित पाइएका हुन् । १ हजार १ सय ९९ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९४ पुगेको छ । गएको समयमा २ सय १२ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर ४ हजार ८ सय ७९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ३९ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *