Main News

बाक्लो हुस्सु लागेपछि सबै उडान प्रभावित, मौसम खुलेपछि मात्रै उडान हुने

हिमालय टिभी
२०७८ पुष १६ गते ८:५७
बाक्लो हुस्सु लागेपछि सबै उडान प्रभावित, मौसम खुलेपछि मात्रै उडान हुने

१६ पुस २०७८ काठमाडौं । आज गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले तत्काल पानी पार्ने वा भारी हिमपात गराउने प्रणाली सक्रिय नभएकाले मौसम विस्तारै खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले देशभरीकै मौसम आंशिक बदली भएको छ । धेरै ठाउँमा हुस्सु र कुहिरो पनि लागेको उहाँले बताउनुभयो । यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

मंगलबार र बुधबार पानी र हिउँ पारेको प्रणाली कमजोर भइसकेकाले क्रमिक रुपमा मौसम खुल्दै गएको पनि मौसमविद् श्रेष्ठको भनाई छ । अब तत्काल पानी पार्ने प्रणाली सक्रिय नभएकाले बिहान बेलुकी चिसो भएपनि दिउँसो भने घाम लागेर न्यानो हुँदै जानेछ ।

यसैबीच बाक्लो हुस्सु लागेकाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । हुस्सु र कुहिरो नहटेसम्म कुनै पनि उडान नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *