Main News

देशभरको मौसम खुल्दै, तापक्रम घट्दा चिसो बढ्यो, जनजीवन प्रभावित

हिमालय टिभी
२०७८ पुष १५ गते ९:२३
देशभरको मौसम खुल्दै, तापक्रम घट्दा चिसो बढ्यो, जनजीवन प्रभावित

१५ पुस २०७८ काठमाडौं । देशभरको मौसम खुल्दै गएको छ । हिजो र अस्ति पानी र हिउँ पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले मौसम खुल्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली कमजोर हुँदै गएकाले हिउँ र पानी पर्ने क्रम कम हुँदै गएको हो । तर जलवाष्पयुक्त हावा बाँकी नै रहेकाले आज पनि थोरै ठाउँमा भने वर्षा र हिमपात हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यद्यपि हिजोको जस्तो लगातार झरीको सम्भावना भने कतैपनि नरहेको उहाँले जानकारी दिनुभयो । आज विशेषगरी पहाडी भूभागको थोरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हिमपात भने हुने देखिएको मौसमविद् बासीको भनाइ छ । देशका अरु ठाउँमा पनि घाम लाग्दै बादल लाग्ने उहाँले बताउनुभयो ।

यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच देशका धेरै ठाउँमा हिमपात र वर्षा भएपछि न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि घटेकाले चिसो बढेको छ । हिजो दिउँसो जुम्लाको अधिकतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियसमा झरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिजो दिउँसो जोमसोमको ४ दशमलव ५ डिग्री, डडेल्धुराको ४ दशमलव ६ डिग्री, ताप्लेजुङ्को ५ दशमलव ९ डिग्री, लुम्लेको ६ दशमलव ५ डिग्री, ओखलढुुङ्गाको ६ दशमलव ९ डिग्री र काठमाडौंको अधिकतम तापक्रम ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यसले देशभर चिसो बढाएको हो । चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *