Main News

वर्षा र हिमपात कसैलाई कष्टकर कसैलाई राहत(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १४ गते २०:१०
वर्षा र हिमपात कसैलाई कष्टकर कसैलाई राहत(भिडियो रिपोर्टसहित)

१४ पुस २०७८ काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीविन प्रभावित बनेको छ । पश्चिमी वायुको प्रभावका कारण परेको वर्षा र हिमपातले चिसो बढेको छ भने हवाइ उडान समेत प्रभावित भएको छ ।

पश्चिमी न्यून चापीय वायुका कारण मंगलबार रातिदेखि देशभर वर्षा भैरहेको छ । उच्च पहाडी र हिमाली जिल्लाहरुका हिमपातले ति क्षेत्रहरुको जनजिवन कष्टकर बनाएकोछ ।

वर्षा र हिमपात पछि चिसो बढ्दा वृद्धवृद्धा, बालबालिका र दीर्घरोगी सबैभन्दा बढी प्रभावित भएका छन् । त्यस्तै तराईका जिल्लाहरुमा हुस्सुसँगै शीतलहरको सम्भावना रहेकाले आवश्यक सचेतना अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।

वर्षा र हिमपातकै कारण हवाइ उडान पनि प्रभावित बनेको छ । लुक्ला, सिमकोट, डोल्पा, लगायतका आन्तरिक उडान ठप्प बनेका छन् । कम भिजिविलिटिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु पनि प्रभावित बने । खराब मौसम र कम भिजिविलिटीकै कारण विमानहरुलाई आकाशमै होल्ड गरेर ल्याण्ड गराउनुपर्ने अवस्था बन्यो ।

मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पश्चिमी वायुका कारण वर्षा भएको र बिहीबारदेखि केही सुधार हुने संभावना रहेको मौसमविदको भनाइ छ ।

बिहीबार मौसममा सुधार भएर घाम लागे तापक्रम थोरै बढेपनि त्यसपछिका दिनमा तापक्रम घट्दै जाने भएकाले चिसो बढ्ने मौसमविद् बताउँछन् ।

चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् । न्यानो लुगा लगाउने, तातो झोलिलो खाद्यपदार्थ खानु लाभदायक हुने चिकित्सकको भनाइ छ । पुसको मध्य समयमा परेको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपनि हिउँदे बालीलाई भने राहात मिलेकोमा कृषकहरु हर्षित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *