Main News
चन्द्रागिरि डाँडामा यस्तो हिमपात (फोटो फिचर)
२०७८ पुष १४ गते १६:०८
१४ पुस २०७८ काठमाडौं । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात शुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ । तस्वीर सौजन्यः भालेश्वर मन्दिरका मूल पूजारी विदुर न्यौपाने
प्रतिक्रिया