Main News

राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि आज समूहगत निष्कर्ष प्रस्तुत हुँदै

हिमालय टिभी
२०७८ पुष १४ गते ७:५३
राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि आज समूहगत निष्कर्ष प्रस्तुत हुँदै

१४ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र चौथो दिन आज राजनीतिक र विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिँदैछ ।

बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्तावेज र नेता देव गुरूङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिलाई २५ वटा समूहमा विभाजन गरेर छलफल गराइएको थियो ।

हिजोसम्म अधिकांश समूहले छलफल सकेका छन् । बाँकी रहेका केही समूहले आज मध्याह्न १२ बजेसम्म छलफल सकेर निचोड बनाउनेछन् । लगत्तै दिउँसो १ बजेदेखि प्रत्येक समूहले १५ मिनेटमा सक्ने गरी समूहको निष्कर्ष प्रस्तुत गर्नेछन् ।

२५ समूहका प्रमुखले प्रस्तुत गर्ने निष्कर्षका आधारमा प्रतिवेदनलाई परिमार्जनसहित आजै पारित गर्ने तयारी छ । त्यसपछि बन्दसत्र नेतृत्व चयनमा केन्द्रित हुनेछ ।

माओवादीको जारी महाधिवेशनले ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ अनुरूपको कार्यदिशा र १५ पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *