राजनीति

सत्ता र शक्तिमा पुग्दा माओवादीले उठाएका मुद्दाहरूको दाहसंस्कार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १३ गते २०:५४
सत्ता र शक्तिमा पुग्दा माओवादीले उठाएका मुद्दाहरूको दाहसंस्कार (भिडियो रिपोर्टसहित)

१३ पुस २०७८ काठमाडौं । जनयुद्धका नाममा शसस्त्र युद्धमा होमिँदै गर्दा माओवादी पार्टीको मूल उद्देश्य सबै क्षेत्र, लिंग र जातजातिको हकअधिकार सुनिश्चित गर्नु थियो । समावेशीता र धर्मनिरपेक्षता सहितको लोकतान्त्रिक गणतन्त्र र समाजवादको विगुल फुक्ने माओवादी अहिले त्यो लक्ष्य प्राप्तिको दिशामा देखिँदैन ।

नेपासत्ता र शक्तिमा पुग्दा माओवादीले उठाएका मुद्दाहरूको एकपछि अर्को दाहसंस्कार ललाई नयाँ यूगमा प्रवेश गराउने लक्ष्य बोकेको माओवादी आफ्नै कमजोरी, अक्षमता र व्यक्तिवादी अहंकारले थलिएको देखिन्छ ।

शान्ति प्रक्रियामा आएपछि नेकपा माओवादी केन्द्रले तीनपटकसम्म सरकारको नेतृत्व गर्ने अवसर पायो, त्यो भन्दा धेरैपटक सरकारमा सहभागी भैसकेको छ । तर, सत्ता र शक्तिमा पुग्दा नेताहरूले विगतमा आफूले उठाएका मुद्दाहरूको एकपछि अर्को दाहसंस्कार गरेका छन् ।

अहिले त माओवादी केन्द्र सत्तामा भाग लिन र माग्नका लागि परम्परागत संसदवादी शक्तिहरूभन्दा खली बनेको छ । हरेक पटक सत्ता परिवर्तन हुँदा केन्द्रमा या प्रदेशमा भाग माग्न सबभन्दा पहिले शर्त अघि सार्ने माओवादीले जनतासँग गरेको वाचा भने बिर्सिसकेको छ ।

यो बीचमा जनयुद्धका नाममा उठाएको हतियार र लडाइलाई संविधानमा शसस्त्र युद्धको नामाकरण गर्न तयार माओवादीका अधिकांश नेताले त पार्टी नै छाडिसकेका छन् । फुटको आधा दर्जन श्रृङ्खला व्यहोरेर पार्टीको नाम चाहि माओवादी केन्द्र बनाएको पार्टीले सत्ता र स्वार्थको केन्द्रमा आफूलाई स्थापित गरेको छ ।

आफ्नो सैद्धान्तिक तथा राजनीतिक मतभेदलाई ओझेलमा पार्दै मन्त्री, सांसद या अन्य लाभको पदको लागि मरिहत्ते गर्ने माओवादीको संक्रमण कम भएको छैन । काठमाण्डौमा जारी महाधिवेशनमा विगतका कमजोरी सुधारेर पुनः पुरानै बाटो हिँड्ने अध्यक्ष पुष्पकमल दाहालले दस्तावेज बनाए पनि त्यो पनि सार्वजनिक खपतका लागि भएको बुझ्न कठिनाइ छैन ।

विगतमा आफैले देशका शत्रु भनेकासँग अंकमाल गर्नेदेखि देशद्रोहीसँग साँझबिहान मुख मिलान गर्ने ठाउँमा पुगेको छ माओवादी । भाषामा वर्ग संर्घष र सीमान्तकृतका कुरा गर्ने माओवादी आफैं नेपाली जनताबाट सीमान्तकृत बन्दै गइरहेको छ। मओवादी नेता पदका लागि कति मरिहत्ते गर्छन् भन्ने उदाहरण त अध्यक्ष दाहालको भनाइबाटै पुष्टि हुन्छ ।

माओवादी भ्रष्टाचार र अनियमिततामा पनि चुर्लुम्मै डुबेको छ । पार्टीका नेतादेखि कार्यकर्तामा विचारको खिया परेको छ, खाली सम्पत्ति जम्मा गर्ने र शक्ति आर्जन गर्ने होड चलेको छ ।

भाषामा समाजवादी आन्दोलनको कुरा गर्ने माओवादी केन्द्रमा आएको विचारको मन्दीले पार्टी बँधुवा भैँसीजस्तो भएको छ । पदको लागि विवाद गर्ने, अनावश्यक असन्तुष्टि, कुण्ठा व्यक्त गर्ने प्रवृत्ति माओवादीमा फस्टाएको छ ।

पछिल्लो समय माओवादी नीति प्रधान नभई नेतृत्व प्रधान हुँदै गएकाले सही राष्ट्रिय एजेण्डा समाउन सकेको छैन, जसका कारण पार्टी आदर्श र संकल्पबाट च्युत भएको छ ।यस्तो बेला माओवादी केन्द्र सामान्य परिवर्तनले रुपान्तरण सम्भावना नभएको विश्लेषकहरूको भनाई छ । पार्टीको मूल नेतृत्व नै आफ्नो संकल्पबाट च्यूत भएकाले पनि बागमती होइन, बागद्धार सफा गर्न उनीहरूको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्