Main News

रौतहटको गौर–चपुर सडकखण्डमा भारतीय कार दुर्घटना हुँदा पाँच जनाको मृत्‍यु

हिमालय टिभी
२०७८ पुष १३ गते १७:३७
रौतहटको गौर–चपुर सडकखण्डमा भारतीय कार दुर्घटना हुँदा पाँच जनाको मृत्‍यु

१३ पुस २०७८ रौतहट । रौतहटको गौर–चपुर सडकखण्डको सखुअवा र जयनगरको बीचमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा पाँच जनाको मृत्‍यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार मृतको पहिचान खुल्‍न सकेको छैन । उक्त कारमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.