Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २६४ संक्रमित थपिँदा २६० संक्रमणमुक्त

हिमालय टिभी
२०७८ पुष १३ गते १७:१०
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २६४ संक्रमित थपिँदा २६० संक्रमणमुक्त

१३ पुस २०७८ काठमाडौं । देशभर थप २ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

१२ हजार ५ सय ६६ जनामा गरिएको परीक्षणमा २ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो । ८ हजार ५ सय ३६ जनामा पीसीआर गर्दा २ सय ४१ र ४ हजार ३० जनामा गरिएको एन्टीजेन परीक्षणमा २३ जनामा संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै काठमाडौंमा १ सय १२ जना संक्रमित थपिएका छन् । २४ घण्टाको अवधिमा २ सय ६० जना संक्रमणमुक्त भएका छन् । देशभर हाल ४ हजार ९ सय १० जना सक्रिय संक्रमित छन् ।

आज २ लाख ८३ हजार २ सय ६५ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *