Main News

प्रधानमन्त्री देउवा भारत जाने

हिमालय टिभी
२०७८ पुष १२ गते १९:०४
प्रधानमन्त्री देउवा भारत जाने

१२ पुस २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा भाग लिन भारत जानुहुनेभएको छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी थालेको छ । पुस २५ गते भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यही दिन भारतीय राष्ट्रपति रामनाथ कोविन्द र समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची बनाइएको छ ।

एकदिन दिल्लीमा रहेर प्रधानमन्त्री देउवा गुजरात ग्लोबल समिटमा भाग लिन भारतीय समकक्षी मोदीको गृह प्रदेश गुजरात पुग्नुहुनेछ । गुजरात ग्लोबल समिट जनवरी १० अर्थात पुस २६ गतेबाट सुरु हुँदैछ ।

तीनदिनसम्म चल्ने समिटमा प्रधानमन्त्री देउवाले भाग लिने कार्यक्रम रहेको छ । देउवाले २० देखि २५ जना प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गर्नुहुनेछ । टोलीबारे भोलि निर्णय हुने प्रधानमन्त्रीको निजि सचिवालयले जानकारी दिएको छ ।

गठबन्धन सरकारको नेतृत्व गर्दै गत असार २९ गते प्रधानमन्त्री भएका देउवाको यो पहिलो भारत भ्रमण हो ।

यसअघि जलवायु परिवर्तन सम्बन्धी स्कटल्याण्डको ग्लास्कोमा भएको सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग साइड लाइन वार्ता गर्नुभएको थियो । उहाँले मोदीलाई नेपाल भ्रमणको निम्ता पनि दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *