Main News

नेपाली कामदार इजरायल पठाउन प्रक्रिया शुरु

हिमालय टिभी
२०७८ पुष १२ गते ९:३९
नेपाली कामदार इजरायल पठाउन प्रक्रिया शुरु

१२ पुस २०७८ काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरुमा नेपाली सहायक कामदारहरूको रुपमा जान सम्झौता पत्रमा हस्ताक्षर गर्ने काम शुरु भएको छ ।

छनौट भएकामध्ये ५ सय ५४ जना कामदारले सम्झौता पत्रमा हस्ताक्षर गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार पहिलो चरणमा २ सय २९, दोस्रो चरणमा १ सय ६७ र तेस्रो चरणमा १ सय ५८ जनाले सम्झौता पत्रमाा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा हस्ताक्षर भएको ३० दिनभित्र इजरायल जानुपर्ने प्रावधान छ । तर कोरोनाको खोप लगाएको १ सय ८० दिन कटे फेरि अतिरिक्त खोप लगाएर पठाउनुपर्ने भएकाले केही ढिला भएको विभागका इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारले बताउनुभयो ।

विभागले कोरोनाको पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्रसहित सम्झौता पत्रमा हस्ताक्षर गर्न मङ्सिर २९ गते पहिलो चरणको सूचना जारी गरेको थियो ।

इजरायल जान चाहने कामदार छनोटमा अनियमितता भएको भन्दै परेको रिटमा सर्वाेच्च अदालतले विभागलाई कारण देखाउ आदेश जारी गरेको थियो ।

त्यसमा विभागले कारणसहितको विवरण पेश गरिसकेको छ तर प्रकृया रोक्न कुनै पनि अन्तरिम आदेश जारी भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *