माओवादी महाधिवेशनअन्तर्गत आज बन्दसत्र शुरु हुँदै
१२ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत आज बन्दशत्र शुरू हुँदैछ ।
बिहान ११ बजेदेखि प्रज्ञा भवनमा शुरु हुने बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
प्रचण्डले प्रस्तुत गर्ने ु२१औँ शताव्दीको समाजवाद र नेपाली बाटोु नामक प्रतिवेदनले माओवादीको आगामी कार्यदिशा तय गर्ने नेताहरूले बताएका छन् ।
प्रतिवेदनमाथि बहस र छलफलका लागि विभिन्न २५ वटा समूह बनाउने तयारी छ । केहीलाई हलमा र केहीलाई टेन्टमा बहसको व्यवस्था गरिएको छ । ८र९ वटा छलफल पार्टी कार्यालय पेरिसडाँडामा गर्ने तयारी माओवादी केन्द्रको छ ।
महाधिवेशनबाट केन्द्रीय समितिमात्र चयन हुनेछन् । अन्य पदाधिकारी भने केन्द्रीय समितिले चयन गर्न तयारी भएको छ ।
बन्दसत्रमा एक हजार ६३१ प्रतिनिधि सहभागी छन् । बिहीबारसम्म चल्ने महाधिवेशनमा शान्ति प्रक्रियाताको माओवादीबारे आत्मसमीक्षा हुने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया