Main News

नेपाली कांग्रेसको निर्वाचित कार्यसमितिः ६९ जना पहिलो पटक केन्द्रीय सदस्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १० गते २१:१८
नेपाली कांग्रेसको निर्वाचित कार्यसमितिः ६९ जना पहिलो पटक केन्द्रीय सदस्य (भिडियो रिपोर्टसहित)

१० पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्यो । यो पटक ६९ जना पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पहिलो बैठकमा सहभागी हुँदा उनीहरु निक्कै उत्साही देखिएका छन् । सभापतिले पनि पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

पहिलो पटक केन्द्रीय कार्यसमितिमा पुग्नेहरु जितमा खुशी त छन नै, पदसँगै जिम्मेवारी र चुनौती पनि थपिएको बुझेका छन । महाधिवेशनका बेला भएका गुटगत विभाजन बिर्सेर पार्टी एकढिक्का बनाउनुपर्नेमा नवनिर्वाचित केन्द्रीय सदस्यहरु एकमत देखिन्छ ।

१४ औं महाधिवेशनबाट आएको केन्द्रीय समितिका लागि आउँदो दिन सहज नभएको पनि उनीहरुको बुझाइ छ । आउँदो स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने तर त्यसका लागि आन्तरिक एकता कायम गर्नु चुनौती रहेको नवनिर्वाचित केन्द्रीय सदस्यहरुको प्रतिक्रिया छ ।

केन्द्रीय सदस्यहरुले महाधिवेशनमा देखिएको विभाजनको धर्सा नमेटिने हो की भन्ने चिन्ता व्यक्त गरिरहँदा सभापति शेरबहादुर देउवाले भने आश्वस्त पार्ने प्रयास गर्नुभएको छ ।

सभापति देउवाले पार्टीलाई एक बनाएर अघि बढाउने प्रतिबद्धता जनाइरहँदा कांग्रेसको विधानअनुसार स्वतः केन्द्रीय सदस्य हुने सभापतिका निकटम प्रतिस्पर्धी शेखर कोइराला सानेपामा नदेखिँदा शंका उब्जाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *