सुदृढ पार्टी एकता कायम गरेर अघि बढ्ने कांग्रेस केन्द्रीय समितिको संकल्प (भिडियो रिपोर्टसहित)

१० पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले सुदृढ एकता कायम गरेर पार्टीलाई अगाढि बढाउने संकल्प गरेको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय निर्वाचन समितिबाट प्रमाणपत्र प्राप्त भएलगत्तै केन्द्रीय कार्यालय सानेपामा आज बसेको पहिलो बैठकले अझै सुदृढ बनाएर लैजाने संकल्पसहितका विभिन्न निर्णय गरेको हो ।
बैठकले महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ । बैठकमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय भएको महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।
गत मंसीर २४ देखि २८ गतेसम्म सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनले सभापति देउवासहित १ सय ३४ जनाको केन्द्रीय समिति निर्वाचित गरेको छ ।
प्रतिक्रिया