Main News

थप ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोप आयो

हिमालय टिभी
२०७८ पुष ९ गते १७:०३
थप ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोप आयो

९ पुस २०७८ काठमाडौं । नेपालमा थप ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोप आएको छ।

कोभ्याक्स सुविधा अन्तर्गत बिहान खोप नेपाल आइपुगेको हो। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार कोभ्याक्सअन्तर्गत अमेरिकाबाट आएको फाइजर खोप नेपाल ल्याएर भण्डारण गरिएको छ।

फाइजर खोप माइनस ७० डिग्रीसम्ममा भण्डारण गर्नुपर्ने हुन्छ। सरकारले आगामी पुस १३ गतेदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई खोप दिने तालिका सार्वजनिक गरिसकेको छ ।

कोरोनाविरुद्धको खोप अभियान चलिरहँदा दुई करोडभन्दा बढी मात्रा खोप पाइपलाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म दुई करोडभन्दा बढी मात्रा खोप लगाइसकिएको छ । सरकारले चैत्र ३० सम्म १८ वर्षभन्दा माथिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *