आज र भोलि देशको उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना

९ पुस २०७८ काठमाडौं । आज र भोलि देशको उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तर पर्सि भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार भोलि राति नेपाल प्रवेश गर्ने पश्चिमी वायुको प्रभावले पर्सि भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना देखिएको हो ।
पर्सि दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै देशभर पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही हुने र बाँकी भेगमा आंशिक बदली रहने उहाँले जानकारी दिनुभयो ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात पनि हुनेछ । तर आज र भोलि उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपात हुने भएपनि पानी भने नपर्ने उहाँको भनाइ छ ।
यस्तै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि मौसमविद् नगरकोटीले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया