Main News

कांग्रेस प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी

हिमालय टिभी
२०७८ पुष ९ गते ८:०६
कांग्रेस प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी

९ पुस २०७८ जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्णा यादव निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उहाँ ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ । प्रदेश सभापतिमा निर्वाचित कृष्णा नेपाली कांग्रेस रौतहटका सभापति हुनुहुन्छ भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुनुहुन्छ ।

उपसभापतिलगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समिति संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो । सतसठ्ठी पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कूल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *