Main News

कस्तो विडम्बना ! सिरिन्ज नहुँदा नागरिकले खोप पाएनन् (भिडियोसहित)

हिमालय टिभी
२०७८ पुष ८ गते १५:३५
कस्तो विडम्बना ! सिरिन्ज नहुँदा नागरिकले खोप पाएनन् (भिडियोसहित)

८ पुस २०७८ काठमाडौं । खोप अभियान प्रभावकारी हुँदा नेपालमा कोराना संक्रमितको संख्या घट्दो छ । मृत्यु हुनेको संख्या पनि ओरालो लागेको छ । खोप अभियानलाई रफ्तारमा लगिरहेको सरकारले कोरोना विरुद्धको लाखाैँ मात्रा खोप मौज्दातमा राख्दा नागरिकको स्वास्थ्यप्रतिको जवाफदेहितामा प्रश्न उठेको छ ।

सरकारले अहिलेसम्म कोरोना विरुद्धको ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ मात्रा खाेप नेपालमा ल्याइसकेको छ । सरकारले यो खोप कोभ्याक्स सुविधा र खरिद मार्फत् ल्याएको हो । जसमध्ये बुधबारसम्मको रेकर्ड हेर्दा १ करोड ९९ लाख २२ हजार १ सय ६४ खोप लगाइसकिएको छ । अहिले सरकारसँग १ करोड २० लाख मात्रा खोप मौज्दात छ । तर बाँकी रहेको खाेप तत्कालै लगाउनलाई सरकारसँग सिरिन्जको अभाव छ ।

मौज्दात खोपको लागि सिरिन्जको अभाव भए पनि अहिले सिरिन्जकै अभावमा खोप अभियान भने प्रभावित नभएको सरकारको दावी छ । मौज्दात खोपको लागि तत्कालै सिरिन्ज ल्याउने तयारी पनि भैरहेको छ ।

सरकारले यसो भनिरहदाँ, खोपसँगै सिरिञ्ज किन नल्याएको भन्ने प्रश्न पनि उठेको छ । सरकारले जे सुकै भनेपनि, सिरिन्ज नहुँदा खोपको प्रयोग गर्न मिल्ने मिती सकिदै जाने र खोप लगाउन पालो कुरिरहेका नागरिकलाई अन्याय हुने जनस्वास्थ्य विज्ञको टिप्पणी छ ।

अहिले पनि दुई करोड भन्दा बढि खोप पाइपलाइनमा छ । तर अझै पनि ६० प्रतिशत नागरिक खोपको पर्खाइमा छन् । यस्तो अवस्थामा सरकारले लाखौँ मात्रा खोप मौज्दातमा राख्ने भन्दा पनि प्राप्त हुने वित्तिकै लगाउने व्यवस्था गर्नुपर्छ । समयमै खोप नपाउँदा हजारौंले ज्यान गुमाइसकेको अवस्थामा कोरोनाबाट बच्न प्रभावकारी मानिएको कोरोना विरुद्धको खोप जतिसक्दाे छिटाे सबै नागरिकलाई लगाउन सरकार तत्पर हुनुपर्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *